विक्रम सम्वत २०४१ सालमा समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी सहित सर्वसाधारण जनमानसको अथक प्रयासमा मिति २०४१/१२/०७ मा योगी श्री १०८ नरहरिनाथद्वारा श्री चिरञ्जिवी ढकालको अध्यक्षतामा श्री 'महाकाली वैदिक विद्यापिठ' नामबाट शिलान्यास भएको यो विद्यालय मिति २०४६/१२/२३ मा जिल्ला शिक्षा निरिक्षकको कार्यालय कञ्चनपुरबाट 'श्री महाकाली प्राथमिक विद्यालय' नामबाट प्रा.वि. शिक्षक दरबन्दी सहित सरकारी स्वीकृति पायो ।
कुनैपनि संस्था स्थापना गर्न जति सजिलो हुन्छ त्यो भन्दा जटिल परिस्थिति उसलाई संस्थागत गर्दै दिगो रुप दिन हुन्छ । यस विद्यालयले पनि यसको स्थापना देखि हालसम्म आईपुग्दा त्यस्तै आरोह अवरोह पार गर्दै आएको छ । सर्वप्रथम यस विद्यालय स्थापना गरी यहाँ सम्म ल्याउन सफल विद्यालयका संस्थापक, सम्पुर्ण अभिभावक, शिक्षक, विद्यार्थी लगायत सहयोगी सबैलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु ।
बिगत ४० वर्ष देखि निरन्तर पठनपाठन गराउँदै आईरहेको यस विद्यालयले अनुशासित, लगनशिल, इमान्दार, प्रतिश्पर्धी सक्षम जनशक्ति उत्पादन गर्नमा अहम् भूमिका खेलेको छ र आगामी दिनमा पनि समय सापेक्ष गुणस्तरयुक्त सीपमूलक एवम् रोजगारमूलक शिक्षा प्रदान गर्न सकोस र सिङ्गो देशलाई अग्रगति तर्फ डोर्याउन सकोस भन्दै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।