- उत्कृष्ट शैक्षिक अनुभव प्रदान गरी जीवनका विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्न मद्दत पुर्याउनु
- समाजमा सकारात्मक योगदान पुर्याउने नागरिक तयार पार्नु
- समाजका लागि उत्तरदायित्वपूर्ण र परोपकारी नागरिक बन्ने शिक्षा प्रदान गर्नु ।
स्थानीय समाजसेवी, शिक्षाविदहरु, बुद्धिजीविहरु, साथै विभिन्न संघ-संस्थामा आवद्ध व्यक्तित्वहरुको अथक प्रयास पश्चात मिति २०४१/१२/०७ मा योगी श्री १०८ नरहरिनाथ द्वारा श्री चिरञ्जिवी ढकालको अध्यक्षतामा वैदिक वाङ्मयको विकासको लागि श्री 'महाकाली वैदिक विद्यापिठ' नामबाट शिलान्यास भएको थियो । मिति २०४६/१२/२३ मा जिल्ला शिक्षा निरिक्षकको कार्यालय कञ्चनपुरबाट 'श्री महाकाली प्राथमिक विद्यालय' नामबाट प्रा.वि. शिक्षक दरबन्दी सहित सरकारी मान्यता दिईएको पाईन्छ ।
यो विद्यालय कञ्चनपुरको सदरमुकाम भिमदत्तनगरबाट करीब ५० कि.मी. दक्षिणपूर्व, बेलौरी नगरपालिका-१ मटैया स्थित पर्यटकीय स्थल बन्धातालको पूर्वपट्टी धार्मिक एवम् साँस्कृतिक स्थल विश्वकल्याण कोटिहोम धामको छेवैमा, पुनर्वास नगरपालिका वडा नं. ४ को पश्चिम किनारमा तथा गोकुलपुर-धनगढी मूल सडकको उत्तरतिर रहेको छ । यस विद्यालयको उत्तरतर्फ अंशुबर्माबस्ती रहेको छ । हाल यस विद्यालयमा दुई ओटा स्वीकृत शिक्षक दरबन्दी, एउटा बालविकास दरबन्दी र एउटा कार्यालय सहयोगीको दरबन्दी गरी जम्मा ४ ओटा दरबन्दी रहेका छन् । यस विद्यालयमा बालविकास कक्षा (शिशु कक्षा) देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आईरहेको छ । यो विद्यालय पुनर्वास नगरपालिका वडा नं. ४ मा रहेकाले कोटिहोम गाउँका विद्यार्थी, पुनर्वास नगरपालिका वडा नं. १ अंशुबर्माबस्ती र बेलौरी नगरपालिका वडा नं. १ मटैयाका बालबालिकाहरुका लागि यो विद्यालय पठनपाठनका लागि पायक पर्ने स्थानमा रहेको छ ।
यस विद्यालयको सेवा क्षेत्र भित्र करीब ९०० भन्दा बढी घरधुरीहरुमा झण्डै ४००० भन्दा बढी जनसंङ्खयामा ५२% महिला र ४८% पुरुषको जनसंङ्खया रहेको छ । करीब ७०० को हाराहारीमा विद्यालय जाने उमेरका बालबालिकाहरु रहेका छन् । सेवा क्षेत्रका मानिसहरु अधिकांश गरीब, अशिक्षित र सामान्य स्तरका रहेका छन् । यहाँ ब्राह्मण, क्षेत्री, दलित, जनजाति आदि रहेका छन् । अधिकांश मानिसहरु गरीबीको रेखा मुनि रहेका छन्।यहाँ प्रायः नेपाली, राना, चौधरी, डोटेली र केही सामान्य हिन्दी तथा अन्य भाषीहरु रहेका छन् । सामाजिक चेतनास्तर विकासोन्मुख रहेको छ । विगतको तुलनामा वर्तमान समयमा यस समुदायका मानिसहरुमा धेरै परिवर्तनहरु आएको देखिन्छ ।
- उत्कृष्ट शैक्षिक अनुभव प्रदान गरी जीवनका विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्न मद्दत पुर्याउनु
- समाजमा सकारात्मक योगदान पुर्याउने नागरिक तयार पार्नु
- समाजका लागि उत्तरदायित्वपूर्ण र परोपकारी नागरिक बन्ने शिक्षा प्रदान गर्नु ।
विद्यालय उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र बालकेन्द्रित रचनात्मक सिकाइ मार्फत उच्चतम सिकाइ उपलब्धि सुनिश्चित गर्न बालमैत्री विद्यालय वातावरण सिर्जना गरी यस विद्यालयलाई उत्कृष्ट थलोका रुपमा विकास गर्नु ।
- विद्यालय वातावरणलाई पारिवारिक, सुरक्षित एवम् बालमैत्री बनाउने
- औसत सिकाइ उपलब्धि वृद्धि गर्ने
- विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गर्ने
- विद्यालयका शैक्षणिक क्रियाकलापहरुमा अभिभावकहरुको संलग्नता बढाउने
- विद्यार्थिलाई शैक्षिक, सामाजिक र व्यक्तिगत दृष्टिकोणले सशक्त बनाउने
