श्री पूर्ण बहादुर गुरुङ्ग - अध्यक्षMr. Purna Bahadur Gurung - Chairman
विक्रम सम्वत २०४१ सालमा समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी सहित सर्वसाधारण जनमानसको अथक प्रयासमा मिति २०४१/१२/०७ मा योगी श्री १०८ नरहरिनाथद्वारा श्री चिरञ्जिवी ढकालको अध्यक्षतामा श्री 'महाकाली वैदिक विद्यापिठ' नामबाट शिलान्यास भएको यो विद्यालय मिति २०४६/१२/२३ मा जिल्ला शिक्षा निरिक्षकको कार्यालय कञ्चनपुरबाट 'श्री महाकाली प्राथमिक विद्यालय' नामबाट प्रा.वि. शिक्षक दरबन्दी सहित सरकारी स्वीकृति पायो । कुनैपनि संस्था स्थापना गर्न जति सजिलो हुन्छ त्यो भन्दा जटिल परिस्थिति उसलाई संस्थागत गर्दै दिगो रुप दिन हुन्छ । यस विद्यालयले पनि यसको स्थापना देखि हालसम्म आईपुग्दा त्यस्तै आरोह अवरोह पार गर्दै आएको छ । सर्वप्रथम यस विद्यालय स्थापना गरी यहाँ सम्म ल्याउन सफल विद्यालयका संस्थापक, सम्पुर्ण अभिभावक, शिक्षक, विद्यार्थी लगायत सहयोगी सबैलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु । बिगत ४० वर्ष देखि निरन्तर पठनपाठन गराउँदै आईरहेको यस विद्यालयले अनुशासित, लगनशिल, इमान्दार, प्रतिश्पर्धी सक्षम जनशक्ति उत्पादन गर्नमा अहम् भूमिका खेलेको छ र आगामी दिनमा पनि समय सापेक्ष गुणस्तरयुक्त सीपमूलक एवम् रोजगारमूलक शिक्षा प्रदान गर्न सकोस र सिङ्गो देशलाई अग्रगति तर्फ डोर्याउन सकोस भन्दै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
With the relentless efforts of social workers, education-loving individuals, intellectuals, and the general public in 2041 BS, the foundation of this school was laid on 2041/12/07 BS under the name 'Mahakali Vedic Vidyapith' by Yogi Sri 108 Narharinath and under the chairmanship of Mr. Chiranjivi Dhakal. Later, on 2046/12/23 BS, the school received official government recognition along with a primary teacher quota from the District Education Inspector's Office, Kanchanpur, under the name 'Shree Mahakali Primary School'.
While establishing any institution is relatively easy, institutionalizing it and ensuring its sustainability is far more complex. Since its establishment up to the present day, this school has navigated through similar ups and downs. First of all, I would like to express my heartfelt gratitude to the founders, all parents, teachers, students, and every contributor who successfully brought this school to this point. For the past 40 years, this school has been continuously imparting education and has played a vital role in producing disciplined, dedicated, honest, and competitive, capable human resources. Wishing that the school may continue to provide time-suited, quality, skill-oriented, and employment-focused education in the days to come, and lead the entire nation towards progress, I extend my heartfelt best wishes for the continuous advancement of the school.
